साताको पहिलो दिन शेयर बजारमा देखियो सुधार, उच्च अंकले नेप्से बढ्दा सवा २ अर्ब बढीले बढ्यो कारोबार रकम

काठमाडौं । साताको पहिलो दिन आइतबार शेयर बजार बढेको छ ।
आइतबार ४७.५५ अंकले बढेर नेप्से परिसूचक २६३३.४२ विन्दुमा पुगेर बन्द भएको छ । भने सेन्सेटिभ इन्डेक्स ८.२५ अंकले बढेर ४५६.७८ विन्दुमा पुगेर बन्द भएको छ । त्यस्तै फोल्ट इन्डेक्स ३.४० र सेन्सेटिभ फोल्ट इन्डेक्स भने २.८७ अंकले बढेको हो ।

आइतबार ३२८ वटा कम्पनीको ८९ हजार २५१ पटक धितोपत्र कारोबार हुँदा १ करोड ३४ लाख ६८ हजार १४५ कित्ता शेयर खरिद बिक्री भएको छ । कारोबार रकम भने ५ अर्ब ५३ करोड १३ लाख पुगेको छ । जुन कारोबार रकम बुधबारको तुलनामा २ अर्ब ३० करोड ६७ लाखले बढी हो । बुधबार ३ अर्ब २२ करोड ४६ लाख कारोबार रकम रहेको थियो ।

आइतबार २३८ वटा कम्पनीको शेयर मूल्य बढ्दा २१ वटा कम्पनीको शेयर मूल्य घटेको छ ।
यस दिन सबै १३ वटा समूह बढेको छ । बैंकिङ २३, विकास बैंक १२२, वित्त ६१, होटल र पर्यटन ९४, जलविद्युत ६५, लगानी २, जीवन बीमा २४७, उत्पादन र प्रशोधन १५५, लघुवित्त ६७, म्युअुचल फण्ड ०.१९, निर्जीवन बीमा १८४, व्यापार २८ र अन्य समूह ५९ अंकले बढेको हो ।

यस दिन सर्वाधिक कारोबार हुनेमा युनियन हाइड्रोपावर रहेको छ । युनियन हाइड्रोपावरकको २७ करोड ६० लाख, मन्जुश्री फाइनान्सको २४ करोड ८९ लाख, सिनर्जी पावरको २२ करोड ७५ लाख, एसवाइ प्यानल नेपालको १८ करोड ९२ लाख र शिवम सिमेन्टसको १७ करोड १३ लाख बराबर कारोबार भयो ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार