नेप्सेमा ४ कम्पनीको बोनस सेयरमा मूल्य समायोजन, कुनको कति ?

काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से)मा ४ वटा कम्पनीको बोनस सेयरमा मूल्य समायोजन भएको छ । सिनर्जी पावर, सन नेपाल लाइफ इन्स्योरेन्स, शिखर इन्स्योरेन्स र कुथेली बुखरी स्मल हाइड्रोपावरको बोनस सेयरमा भाउ समायोजन भएको हो ।

सिनर्जी पावरको १० प्रतिशत बोनस सेयरमा मूल्य समायोजन भएको छ । आइतबारको अन्तिम कारोबार मूल्य ४३०.२० रुपैयाँलाई आधार मानेर भाउ समायोजन गरिएको हो । समायोजन पश्चात यसको सेयर मूल्य ३९१.०९ रुपैयाँ कायम भएको छ ।

यता, सन नेपाल लाइफ इन्स्योरेन्सको ५ प्रतिशत बोनस सेयरमा मूल्य समायोजन हुँदा भाउ ४८९.५२ रुपैयाँ कायम भएको छ । अन्तिम कारोबार मूल्य ५१४ रुपैयाँलाई आधार मानेर भाउ समायोजन गरिएको हो ।

शिखर इन्स्योरेन्सको ६ प्रतिशत बोनस सेयरमा मूल्य समायोजन हुँदा भाउ ६१५ रुपैयाँ कायम भएको छ ।

कुथेली बुखरी स्मल हाइड्रोपावरको १० प्रतिशत बोनस सेयरमा भाउ समायोज हुँदा मूल्य १६५० रुपैयाँ कायम भएको छ । आइतबार यसको अन्तिम कारोबार भाउ १८१५ रुपैयाँ थियो । सोमबार समायोजित भाउलाई आधार मानेर यिनीहरुको कारोबार खुला हुनेछ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार