CLI

चाँदी आयात गर्ने उद्योगलाई २० लाख र व्यवसायीलाई ४ लाख डलर सटही सुविधा दिइने

काठमाडौं । एकपटक मात्र चाँदी आयात गर्नेहरुको हकमा अब विशेष सुविधाको व्यवस्था गरिएको छ ।  उद्योगहरुले वर्षमा एकपटक मात्रै चाँदी आयात गरेमा अमेरिकी डलर २० लाख  डलरसम्म र अन्य व्यवसायीहरुको लागि अमेरिकी डलर ४ लाखसम्मको सटही सुविधा प्रदान गरिने भएको छ ।

नेपाल राष्ट्र बैंक विदेशी विनिमय व्यवस्थापन विभागले एकीकृत परिपत्र–२०८१ मा संशोधन गर्दै चाँदी आयातको भुक्तानी सीमा र प्रक्रियामा यस्तो नयाँ व्यवस्था लागू गरेको हो । केन्द्रीय बैंकले आइतबार परिपत्र जारी गर्दै वाणिज्य बैंकहरुलाई यससम्बन्धी निर्देशन दिएको छ । यो व्यवस्थाले चाँदी व्यवसायीहरुलाई कच्चा पदार्थ आयातमा सहजता प्रदान गर्ने अपेक्षा लिइएको छ ।

Leave Your Comment

Related News