CLI

जसपा र लाेसपाबीच पार्टी एकता हुने

काठमाडौं । : फागुन २१  चुनावकाे मिति नजिकिदै गर्दा नेपालका राजनीतिक दलमा एकता र ध्रुविकरणकाे,लहर ब्यमपक चलेकाे छ ।यहि प्रक्रियामा दुई मधेशबादी दल उपेन्द्र यादब नेतृत्वकाे जनता समाजवादी पार्टी र   महन्त ठाकुर नेतृत्वकाे  लोकतान्त्रिक समाजवादी पार्टी नेपालले एकता गर्ने निर्णय गरेका छन् ।

दुई  पार्टीका  अक्षद्वय  उपेन्द्र यादव र महन्त ठाकुर सहित दुवै पार्टीका पदाधिकारीहरुको काठमाण्डौमा बसेको संयुक्त बैठकले दुई पार्टीकाे बिचमा एकता गर्ने निर्णय गरेकाे जसपाका अध्यक्ष उपेन्द्र यादवले इक्विटी नेपाललाइ जानकारी दिए ।

यादवले देशको वर्तमान राजनीतिक परिस्थितिको मूल्याङ्कन तथा विश्लेषण गरी संघीय लोकतान्त्रिक गणतन्त्रात्मक प्रणालिलाई संस्थागत गर्दै संघीयता, पहिचान, समानुपातिक समावेशिता, समाजिक न्याय लगायतको अग्रगामी परिवर्तनका मुद्दाहरुलाई मजबुत गर्दै न्यायपूर्ण समाज निर्माण गर्ने आवश्यकतालाई आत्मसात गरी जसपा, नेपाल र लोसपा नेपाल पार्टी बीच  एकिकरण गर्न लागेकाे बताएका छन् ।

Leave Your Comment

Related News