बीमा प्राधिकरणको नयाँ सञ्चालकमा पूर्व सचिव पाण्डे नियुक्त

काठमाडौं । नेपाल बीमा प्राधिकरणको सञ्चालकमा पूर्व सचिव गणेश पाण्डे नियुक्त भएका छन् । सरकारले पाण्डेलाई आगामी ४ वर्षका लागि सञ्चालक समितिको सदस्यमा नियुक्त गरेको हो ।

उद्योग वाणिज्य, अर्थ, संस्कृति पर्यटन तथा नागरिक उड्यन मन्त्रालयमा काम गरेको अनुभव रहका पाण्डेले यस अघि पनि प्राधिकरणको सदस्यका रुपमा काम गरेका थिए । पाण्डे जीवन बीमा समुहबाट नयाँ सञ्चालक बनेका हुन् । पाण्डे सञ्चालक बनेसँगै प्राधिकरणको सञ्चालक समिति तीन सदस्यीय बनेको छ । अझै दुई सदस्य नियुक्त गर्न बाँकी रहेको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार