आइतबार उच्च अंकले बढेको बजार सोमबार घट्यो

काठमाडौं । सोमबार नेप्से परिसूचक १०.५३ अंकले घटेको छ । बजार २६२२.८८ अंकमा पुगेर बन्द भएको छ । यस दिन ३३७ वटा कम्पनी ६९ हजार ५४८ पटक कारोबार हुँदा १ करोड ३७ हजार कित्त सेयर खरिदबिक्री भएको हो । कारोबार रकम भने ४ अर्ब ७७ करोड ४७ लाख रुपैयाँ पुगेको छ । यो रकम आइतबारको तुलनामा ७५ करोड ६६ लाख रुपैयाँले कम हो । आइतबार कारोबार रकम ५ अर्ब ५३ करोड १३ लाख रुपैयाँ थियो ।

यस दिन ११ वटा उप समूह घटेका छन् भने २ वटा बढेका छन् । बैंकिङ ०.३८ प्रतिशत, वित्त ०.०४, होटल्स तथा पर्यटन समूह ०.१२,  जलविद्युत ०.७८, लगानी ०.२२, जीवन बीमा ०.८५, उत्पादन र प्रशोधन ०.०१, लघुवित्त ०.०८,निर्जीवन बीमा ०.२२, अन्य समूह ०.८२  र व्यापार समूह ०.६३ प्रतिशतले घटेका छन् । विकास बैंक ०.६७ र म्युअुचल फण्ड ०.२५ प्रतिशतले बढेका छन् ।

त्यस्तै, यस दिन एसवाई प्यानल नेपालको सेयर  १० प्रतिशत बढेको छ । ग्लोबल आइएमई समुन्नत योजना २ को  ९.९४ प्रतिशत बढेको छ । कर्पोरेट डेभलपमेन्ट बैंक र सप्तकोशी डेभलपमेन्ट बैंकको सेयरमूल्य साढे ६ प्रतिशतभन्दा बढी बढेको छ।

कारोबार रकमका आधारमा यस दिन एसवाई प्यानल नेपाल पहिलो स्थानमा रहेको छ।  कम्पनीको  २३ करोड २ लाख रुपैयाँबराबरको सेयर कारोबार भएको छ। मञ्जुश्री फाइनान्सको १७ करोड ९८ लाख रुपैयाँको सेयर कारोबार भएको छ भने शिवम् सिमेन्ट्सको कारोबार रकम १३ करोड ६३ लाख  रुपैयाँ पुगेको छ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार