रमेश लेखक: भदौ २४ गतेको घटना नियोजित हो, मैले बल प्रयोग गर्न आदेश दिएको होइन

काठमाडौं । तत्कालीन गृहमन्त्री रमेश लेखकले गएको भदौ २३ गतेको घटनाको नैतिक जिम्मेवारी लिए पनि २४ गतेको घटना भने नियोजित भएको बताएका छन् । उनले पत्रकार सम्मेलनमा बोल्दै भदौ २४ गतेको घटना नियोजित रहेको बताए । उनले भने, ‘त्यस दिन जेनजीहरुले हाम्रो आन्दोलन हाइज्याक भयो भनेर उहाँहरुले नै आह्वान गर्नु भएको छ । यसलाई उग्र बनाइएको कारणले दुखद् घट्ना घटेको हो ।’

उनले आफूले बल प्रयोग गर्न कुनै आदेश पनि नदिएको बताए । ‘मैले बल प्रयोग गर्न आदेश दिएको छैन ।  कुनै पनि प्रदर्शनमा बल प्रयोग गर्ने वा नगर्ने भन्ने कुरा कानुनले प्रष्ट रुपमा सुरक्षा निकायलाई जिम्मा दिएको छ ।’

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार