काठमाडौं । नेपाल स्टक एक्सेचन्च (नेप्से) मा मिथिला लघुवित्तको, छिमेक लघुवित्त ,डिप्रोक्स लघुवित्त र सपोर्ट लघुवित्तको बोनस सेयरमा मूल्य समायोजन भएको छ । यी लघुवित्तहरुको सोमबारको अन्तिम कारोबार मूल्यलाई आधार मानेर भाउ समायोजन भएको छ ।
मिथिला लघुवित्तको १४.२५ प्रतिशत बोनस सेयरमा समायोजन हुँदा भाउ १३२५.९५ रुपैयाँ कायम भएको छ। सोमबार अन्तिम कारोबार मूल्य १५१४.९० रुपैयाँलाई आधार मानेर मूल्य समायोजन गरिएको हो ।
यता, छिमेक लघुवित्त १२.५० प्रतिशतमा मूल्य समायोजन हुँदा भाउ ९२८.८० रुपैयाँमा कायम भएको छ । सोमबारको अन्तिम कारोबार मूल्य १०४४.९० रुपैयाँलाई आधार मानेर मूल्य समायोजन गरिएको हो ।
त्यस्तै, डिप्रोक्स लघुवित्तको १० प्रतिशत बोनस सेयरमा मूल्य समायोजन हुँदा भाउ ८०० रुपैयाँमा कायम भएको छ । सोमबारको अन्तिम कारोबार मूल्य ८८० रुपैयाँलाई आधार मानेर मूल्य समायोजन गरिएको हो ।
त्यसैगरी ,सपोर्ट लघुवित्तको ९.५० प्रतिशतमा बोनस सेयरमा मूल्य समायोजना हुँदा भाउ १७२२.३७ रुपैयाँमा कायम भएको छ । सोमबारको अन्तिम कारोबार मूल्य १८८६ रुपैयाँलाई आधार मानेर मूल्य समायोजन गरिएको हो । कम्पनीहरुको समायोजित मूल्यलाई आधार मानेर मंगलबार कारोबार खुला हुनेछ।

