काठमाडौं । सालपा विकास बैंक लिमिटेडले आम सर्वसाधाणका लागि आईपीओ बिक्री खुला गरेको छ । बैंकले आज पुस १६ गतेदेखि सर्वसाधारणका लागि आईपीओ बिक्री खुला गरेको हो ।
पहिलो चरणमा वैदेशिक रोजगारीमा रहेका नेपालीहरूका लागि आईपीओ जारी गरी बाँडफाँड गरेपश्चात् दोश्रो चरणमा सर्वसाधारणका लागि आजदेखि आईपीओ बिक्री खुला गरेको हो । यस बैंकले प्रतिकित्ता १०० रुपैयाँका दरले कुल १७ लाख २३ हजार ८८० कित्ता आईपीओ निष्कासन गर्न नेपाल धितोपत्र बोर्डबाट स्वीकृति पाएको थियो । जसमध्ये १ लाख ७२ हजार ३८८ कित्ता वैदेशिक रोजगारीमा रहेका नेपालीहरूमा बाँडफाँड गरिसकेको छ ।
बैंकले अब बाँकी सेयरमध्ये ८६ हजार १९४ कित्ता सामूहिक लगानी कोषहरूलाई र २६ हजार ११९ कित्ता कम्पनीमा कार्यरत कर्मचारीहरूका लागि सुरक्षित गरी बाँकी रहेको १४ लाख ३९ हजार १७९ कित्ता आईपीओ सर्वसाधारणका लागि निष्कासन गरेको हो । यसमा आवेदन दिंदा न्यूनतम १० कित्ताका लागि दिनु पर्नेछ भने अधिकतममा २५ हजार कित्तासम्म माग गर्न सकिनेछ । आवेदन पुस २० गते बैंकिङ्ग समयसम्म दिन सकिनेछ। तर पर्याप्त आवेदन नपरेमा पुस ३० गतेसम्म लम्बिनेछ । बैंकको धितोपत्र निष्कासन तथा बिक्री प्रबन्धकको काम मुक्तिनाथ क्यापिटल लिमिटेडले गर्नेछ ।

