सुम्निमा हाइड्रोपावरले आईपीओ निष्कासन गर्ने

काठमाडौं । सुम्निमा हाइड्रोपावर कम्पनी लिमिटेडले आईपीओ निष्कासन गर्ने भएको छ । कम्पनीले आईपीओ जारी गर्ने प्रस्ताव सहित माघ ९ गते साधारणसभा बोलाएको हो ।

सभा ललितपुरको मानभवनस्थित क्रिस्टल ब्याङ्क्वेटमा बिहान १०ः४५ बजेदेखि शुरू हुनेछ । सभाले प्रारम्भिक सार्वजनिक निष्कासन (आईपीओ) गर्ने, गत आर्थिक वर्षको वित्तीय विवरणहरू पारित गरी चालू आर्थिक वर्षको लागि लेखापरीक्षक नियुक्ति गर्ने, ऋण लिने र प्रबन्धपत्र तथा नियमावलीमा आवश्यक संशोधन गर्न सञ्चालक समितिलाई अख्तियारी दिने प्रस्ता पारित गर्नेछ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार