भदौ २४ गते तोडफोड र चोरी गर्ने भिडिओमा देखिएका छन्, तर सरकार उदार देखिएको छ : माधव नेपाल

काठमाडौं ।  नेपाली कम्युनिष्ट पार्टीका सह–संयोजक माधव कुमार नेपालले गत भदौ २४ गतेको हिंसात्मक र विध्वंसात्मक गतिविधिमा संलग्नलाई कारबाही गर्न सरकार गम्भीर नदेखिएको बताएका छन् । नेपाल उद्योग वाणिज्य महासंघले आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै नेता नेपालले प्रधानमन्त्री कार्कीकै अगाडि विध्वंश मच्चाउनेलाई किन कारबाही नगरेको भनेर सोधेका हुन् ।

‘जेनजी आन्दोलनमा विध्वंश मच्चाउने, लुट मच्चाउने जुन काम भएको छ । यो अत्यन्तै आपत्तिजनक छ, ‘ उनले भने, ‘यसप्रति सरकार गम्भीर देखिएन । सबै कुरा भिडियोले देखाइरहेको छ, कोको हुन् तोडफोड गर्ने देखिएको छ । किन पक्राउ गरिँदैन रु किन सजायँ दिइँदैन रु यसकारणले म प्रधानमन्त्रीको ध्यानाकर्षण गराउन चाहन्छु ।’

राजनीतिक स्थायित्वका बारेमा चर्चा गर्दै उनले दुई–तिहाइ बहुमतले कहिलेकाहीँ नेतृत्वमा अहङ्कार र सत्ताको दुरुपयोग गर्ने प्रवृत्ति जन्माउने खतरा औँल्याए ।

उनले भने, “स्थायित्वले घमण्डी नेताहरू जन्माउने र नीतिको निरन्तरतामा समस्या खडा गर्ने गरेको छ। यसप्रति हामी सचेत हुनुपर्छ ।” वर्तमान सरकारको प्रमुख दायित्व शान्तिपूर्ण रूपमा निर्वाचन सम्पन्न गर्नु र संरचनागत सुधारमा ध्यान दिनु रहेको बताए ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार