सरकार दृढताका साथ निर्वाचनमा अगाडि बढेको छ :मन्त्री खरेल

काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले मुलुक निर्वाचनमय भएको बताएका छन् । नेपाल उद्योग वाणिज्य महासंघले बुधबार आयोजना गरेको ‘शान्ति, स्थायित्व र समृद्धिका लागि सहकार्य’ विषयक संवाद कार्यक्रममा बोल्दै उनले निर्वाचन हुँदैनकी भन्ने दुबिधाको अन्त्य भएको तथा सरकार दृढताका साथ निर्वाचनमा अगाडि बढेको बताएका हुन् ।

उनले भने, ‘मुलुक निर्वाचनमय भएको छ । फागुन २१ गतेको निर्वाचन सुनिश्चित छ । निर्वाचन हुँदैनकी भन्ने दुबिधाको अन्त्य भएको छ । सरकार दृढताका साथ निर्वाचनमा अगाडि बढेको छ । सरकारको दरिलो साथ निजी क्षेत्रलाई छ । उद्योग, व्यापार, व्यावसाय र निजी क्षेत्रको सुरक्षा हाम्रो साझा प्रतिबद्धता सबैको प्राथमिकतामा हुनुपर्छ । यसैगरी उनले उद्योग, व्यापार, व्यावसाय र निजी क्षेत्रको सुरक्षामा सबैको साझा प्रतिबद्धता हुनुपर्ने बताए ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार