CLI

नेपाल विद्युत् प्राधिकरणले माग्यो ठूलो संख्यामा कर्मचारी

काठमाडौं । नेपाल विद्युत् प्राधिकरणले विभिन्न पदमा कर्मचारी माग गरेको छ ।  प्राधिकरणले आज एक सूचना जारी गर्दै  अधिकृतदेखि सहायक स्तरसम्मका पदहरूमा दरखास्त आह्वान गरेको हो ।

अधिकृतस्तरका सहनिर्देशकदेखि वातावरणविद्सम्म १३२ जना र सहायकस्तरका मिटररिडिङ सुपरभाइजर, सुपरभाइजर र लेखापाल पदहरूमा १३० जनाका लागि विज्ञापन खुलेको छ । इच्छुक उम्मेदवारहरूले माघ १० गतेभित्र अनलाइनमार्फत आवेदन दिन सक्ने सूचनामा उल्लेख छ ।

Leave Your Comment

Related News