काठमाडौं । शुक्रबार सुनको मूल्य २ हजार ९ सय रुपैयाँले बढेको छ । नेपाली सुनचाँदी ब्यवसाय महांसघका अनुसार सुन प्रतितोला २ लाख ६२ हजार ५ सय रुपैयाँमा कारोबार भइरहेको छ । बिहीबार सुन प्रतितोला २ लाख ५९ हजार ६ सय रुपैयाँ थियो ।
यस दिन चाँदी पनि ११० रुपैयाँले बढेको छ । बजारमा चाँदी प्रतितोला ४ हजार ५२५ रुपैयाँमा खरिदबीक्री भइरहेको छ । बिहीबार चाँदी प्रतितोला ४ हजार ४१५ रुपैयाँमा कारोबार भएको थियो


