CLI

कैलाली -४ बाट एमाले उपमहासचिव लेखराज भट्ट सिफारिस

काठमाडाैं । नेकपा (एमाले)का उपमहासचिव लेखराज भट्ट फागुन २१ मा हुने निर्वाचनमा कैलाली निर्वाचन क्षेत्र नम्बर -४ बाट चुनाव लड्ने भएका छन्।

एमाले कैलालीका सचिव भुणमणी भट्टका अनुसार क्षेत्र नं. ४ को समन्वय कमिटीको बैठकले भट्टलाई प्रतिनिधि सभाका लागि उम्मेदवार बनाउने निर्णय गरेर भट्टको एकल नाम सिफारिस गरिएको हाे ।

क्षेत्रीय समन्वय कमिटीका अध्यक्ष गणेश जिमि साउँदले भट्टको नाम एकल सिफारिस गर्ने निर्णय सर्वसम्मतका साथ गरिएको जानकारी दिए । उनकाअनुसार क्षेत्रीय समन्वय कमिटीले पार्टीको जिल्ला कमिटीलाई सिफारिस गरेको हो ।

०६४ पछि अहिलेसम्म चार पटक निर्वाचन लडेका उनले दुई पटक जित र दुई पटक हार बेहोरेका छन्। २०७९ को निर्वाचनमा उनी नेपाली कांग्रेसका उम्मेदवार विरबहादुर बलायरसँग पराजित भएका हुन् । ३ हजार ६ सय १२ मतले पराजित भएका थिए ।

Leave Your Comment

Related News