CLI

इलाम -२ बाट चुनाव लड्न सुहाङ नेम्वाङको नाम सिफारिस

काठमाडाैं । नेकपा एमालेले आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनको प्रत्यक्ष तर्फका लागि इलाम क्षेत्र नम्बर २ बाट सुहाङ नेम्वाङको नाम सिफारिस गरेको छ ।

नेकपा (एमाले) जिल्ला कमिटी इलामको शनिबार बसेको बैठकले एमाले केन्द्रीय सदस्य समेत रहेका नेम्वाङलाई सर्बसम्मत रुपमा एकल सिफारिस गरेको हो ।

यसअघि भएकाे उपनिर्वाचनमा साेही क्षेत्रबाट नेम्वाङ भारी मतसहित विजयी भएका थिए ।

Leave Your Comment

Related News