CLI

नेपाल लाइफको २६ औँ वार्षिक साधारणसभा सम्पन्न 

काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको वार्षिक साधारणसभा सम्पन्न भएको छ । कम्पनीको २६ औ वार्षिक साधारणसभा आज पर्साको वीरगन्जमा रहेको होटल भिष्वामा सम्पन्न भएको हो ।

सभाले गत आर्थिक वर्ष २०८१/८२ का लागि प्रस्तावित हाल कायम चुक्ता पुँजीको कुल २१.०५ प्रतिशतले हुन आउने लाभांश प्रस्ताव पारित गरेको छ । पािरित लाभांशमध्ये ५ प्रतिशत बोनस सेयर र १६.०५ प्रतिशत नगद लाभांश (लाभांश करसहित) रहेको छ । सभाले बोनस सेयर वितरणपछि चुक्तापुँजी सोहीबमोजिम वृद्धि गर्ने विशेष प्रस्ताव पनि पारित गरेको छ ।

सञ्चालक समितिले प्रस्ताव गरेबमोजिम कम्पनीको नियमावली तथा प्रबन्धपत्रमा उद्देश्यलगायत अन्य आवश्यक समयानुकूल संशोधन गर्ने विशेष प्रस्ताव पारित गरेको छ । प्रबन्धपत्र र नियमावलीमा संशोधन गर्दा नियमनकारी निकायबाट कुनै फेरबदल वा निर्देशन भएमा सोहीबमोजिम गर्ने अख्तियारी सञ्चालक समितिलाई प्रदान गर्ने विशेष प्रस्ताव सभाले अनुमोदन गरेको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार