CLI

नेपाली समाज भारतको एकता सभामा ‘प्रचण्ड’ भारत जाने

काठमाडौं । नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’  भारत भ्रमणमा  जाने भएका छन् । नेपाली समाज भारतको आयोजनामा भारतको राष्ट्रिय राजधानी नयाँ दिल्लीमा “एकता सन्देश सभा तथा साक्षात्कार कार्यक्रम”  सहभागी हुन उनी भारत जान लागेका हुन् । यो कार्यक्रम  नेपाली समुदायबीच आपसी सद्भाव, सहकार्य र साझा भविष्यप्रतिको प्रतिबद्धतालाई अझ सुदृढ बनाउन  आयोजना गरिएको नेपाली समाज भारतले जनाएको छ ।

कार्यक्रममा ‘प्रचण्ड’  द्वारा नेपाली समाज भारतको नेपाली समुदायका साझा सरोकार, नेपाल–भारत सम्बन्धको मजबुती, प्रवासी नेपालीका समस्या र अवसर, साथै एकता र सहकार्यको महत्वबारे समसामयिक सन्देश प्रदान गरिने ‘प्रचण्ड’  को सचिवालयले उल्लेख गरेको छ ।

 

Leave Your Comment

Related News