CLI

आर्थिक वृद्धिदर ४.६१ प्रतिशत सहित ६१ खर्बले नाघ्यो अर्थतन्त्रको आकार

काठमाडौं । नेपाल राष्ट्र बैंकले मुलुकको अर्थतन्त्र ६१ खर्ब ७ अर्बले नाघेको बताएको छ । राष्ट्र बैंकले गत आर्थिक वर्ष २०८१/८२ को आर्थिक गतिविधि अध्ययन प्रतिवेदन सार्वजनिक गर्दै सो कुरा बताएको हो । राष्ट्र बैंकले गत आर्थिक वर्षमा आर्थिक वृद्धिदर ४.६१ प्रतिशत रहेको जनाएको छ ।

राष्ट्र बैंकका अनुसार राष्ट्रिय तथ्याङ्क कार्यालयको प्रारम्भिक तथ्याङ्क अनुसार आर्थिक वर्ष २०८१ /८२ मा नेपालको यथार्थ आर्थिक वृद्धिदर उपभोक्ताको मूल्यमा ४.६ प्रतिशत र प्रचलित मूल्यमा ४० प्रतिशत रहने प्रारम्भिक अनुमान छ । आर्थिक वर्ष २०८० /८१ मा नेपालको आर्थिक वृद्धिदर उपभोक्ताको मूल्यमा ३.७ प्रतिशत र प्रचलित मूल्यमा ३.४ प्रतिशत रहने संशोधित अनुमान रहेको छ ।

आर्थिक वर्ष २०८१/८२ को कुल गार्हस्थ्य उत्पादनमा प्राथमिक, द्वितीय तथा सेवा क्षेत्रको योगदान क्रमशः २५.६ प्रतिशत, १२.४ प्रतिशत र ६२.० प्रतिशत रहने अनुमान छ । त्यसैगरी, प्रतिव्यक्ति कुल राष्ट्रिय आय १५१७ अमेरिकी डलर रहने प्रारम्भिक अनुमान छ ।

अन्तर प्रदेश तुलना
राष्ट्रिय तथ्याङ्क कार्यालयले सार्वजनिक गरेको प्रारम्भिक तथ्याङ्कका आधारमा प्रदेशहरूको समग्र आर्थिक अवस्था तुलना गर्दा आर्थिक वर्ष २०८१/ ८२ मा मुलुकको कुल गार्हस्थ्य उत्पादनमा बागमती प्रदेशको हिस्सा सबैभन्दा धेरै ३६.५ प्रतिशत, कोशी प्रदेशको हिस्सा १५.९ प्रतिशत रहेको छ भने कर्णाली प्रदेशको हिस्सा सबैभन्दा कम ४.२ प्रतिशत रहेको छ ।

कृषि क्षेत्रको उत्पादनमा कोशी प्रदेशको हिस्सा सबैभन्दा धेरै २१.५ प्रतिशत, मधेस प्रदेशको हिस्सा १९.२, लुम्बिनी प्रदेशको हिस्सा १७.५ प्रतिशत रहेको छ भने कर्णाली प्रदेशको हिस्सा सबैभन्दा कम ५.२ प्रतिशत रहेको छ । उद्योग क्षेत्रको उत्पादनमा बागमती प्रदेशको हिस्सा सबैभन्दा बढी ३१.७ प्रतिशत कोशी प्रदेशको हिस्सा १९.९ प्रतिशत रहेको छ भने कर्णाली प्रदेशको हिस्सा सबैभन्दा कम ३.१ प्रतिशत रहेको छ । यसैगरी, सेवा क्षेत्रको उत्पादनमा बागमती प्रदेशको हिस्सा सबैभन्दा बढी ४५ ४ प्रतिशत रहेको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार