CLI

१०.२९ अंकले घट्यो नेप्से, बढ्यो कारोबार रकम

काठमाडौं । साताको पहिलो कारोबार दिन आइतबार नेप्से परिसूचक १०.२९ अंकले घटेको छ। बजार २६१०.६३ अंकमा पुगेर बन्द भएको छ । यसदिन ३२३ वटा कम्पनी ७९ हजार पटक कारोबार हुँदा १ करोड २ लाख कित्ता सेयर खरिदबिक्री भएको हो । कारोबार रकम भने ५ अर्ब १ करोड ७५ लाख रुपैयाँ पुगेको छ। यो रकम बिहीबारको तुलनामा ३० करोड ३६ लाख रुपैयाँले बढी हो । बिहीबार कारोबार रकम ४ अर्ब ७१ करोड ३९ लाख रुपैयाँ थियो ।

यस दिन १० वटा उप समूह घटेका छन् भने ३ वटा बढेका छन्। बैंकिङ ०.१४ प्रतिशत, विकास बैंक ०.८०,वित्त ०.१३, जलविद्युत ०.४९, लगानी ०.३२, जीवन बीमा ०.८८,लघुवित्त०.३२,म्युअुचल फण्ड०.२९,निर्जीवन बीमा ०.८६, र अन्य समूह १.६९ प्रतिशतले घटेका छन् । होटल्स तथा पर्यटन समूह ०.६२ प्रतिशत, उत्पादन र प्रशोधन १.०४ र व्यापार समूह ०.३४ प्रतिशतले बढेका छन् ।

यस दिन विन नेपाल लघुवित्त वित्तीय संस्था र श्रीनगर एग्रीटेक इण्डष्ट्रिजको १० प्रतिशतले बढेको हो। सान्भि इनर्जीको शेयरमूल्य ९.१६ प्रतिशतले  बढेको छ भने सागर डिष्लिटरी र युनाइटेड ईदी मार्दी आरबि हाइड्रोपावर करिब ८ प्रतिशत बढेको छ।

त्यसतै कारोबार रकमको आधारमा  यस दिन एसवाई प्यानल नेपाल पहिलो सथनमा रहेको छ । यस कम्पनीको ३० करोड ६५ लाख रुपैयाँको कारोबार भएको छ ।  श्रीनगर एग्रीटेक इण्डष्ट्रिजको २२ करोड ८८ लाख  रुपैयाँको सेयर किनबेच भएको छ भने बन्दीपुर केबलकार एण्ड टुरिजमको कारोबार रकम २२ करोड १२ लाख पुगेको छ ।

Leave Your Comment

Related News