CLI

कृषिमन्त्री डा. मदनप्रसाद परियारलाई खानेपानी मन्त्रालयको पनि जिम्मेवारी

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले खानेपानी मन्त्रालयको जिम्मेवारी कृषि तथा पशुपन्छी विकास मन्त्री डा. मदनप्रसाद परियारलाई दिएका छन् ।

आइतबार राष्ट्रपति पौडेलले मन्त्री परियारलाई खानेपानी मन्त्रालयको समेत जिम्मेवारी दिएका हुन् ।

यसअघि श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री राजेन्द्रसिंह भण्डारीले खानेपानी मन्त्रालयको जिम्मेवारी सम्हाल्दै आएका थिए ।

Leave Your Comment

Related News