CLI

नेप्सेमा ५ कम्पनीको बोनस सेयरमा मूल्य समायोजन, कुनको कति ?

काठमाडौं । नेपाल स्टक एक्सेचन्च (नेप्से) मा  जीवन विकास लघुवित्त, प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्स, कालिका लघुवित्त, प्राइम कमर्सियल बैंक  र नागरिक लगानी कोषको बोनस सेयरमा मूल्य समायोजन  भएको छ ।

जीवन विकास लघुवित्तको १४ प्रतिशत बोनस सेयरमा मूल्य समायोजन हुँदा  भाउ  १२९८.३३ रुपैयाँमा कायाम भएको छ । आइतबारको अन्तिम कारोबार मूल्य १४८०.१० रुपैयाँलाई  आधार मानेर भाउ समायोजन गरिएको हो ।

त्यसतै, प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्सको ४ प्रतिशत बोनस सेयरमा मूल्य समयोजन हुँदा  भाउ ४८०.७७ रुपैयाँमा कायाम भएको छ। आइतबारको अन्तिम कारोबार मूल्य ५०० रुपैयाँलाई आधार मानेर भाउ समायोजन गरेएको हो ।

कालिका लघुवित्तको १० प्रतिशत बोनस सेयरमा मूल्य समायोजन हुँदा  भाउ  ९८२.७३ रुपैयाँमा कायाम भएको छ । आइतबारको अन्तिम कारोबार मूल्य १०८१ रुपैयाँलाई आधार मानेर भाउ समायोजन गरेएको हो ।

प्राइम कमर्सियल बैंक  ८ प्रतिशत बोनस सेयरमा मूल्य समायोजन हुँदा  भाउ  २३९.७२ रुपैयाँमा कायाम भएको छ । आइतबारको अन्तिम कारोबार मूल्य २५८.९० रुपैयाँलाई आधार मानेर भाउ समायोजन गरेएको हो ।

त्यसैगरी, नागरिक लगानी कोषको ५ प्रतिशत बोनस सेयरमा मूल्य समायोजन हुँदा  भाउ  १७५३.१४ प्रतिशत रुपैयाँमा कायाम भएको हो । आइतबारको अन्तिम कारोबार मूल्य १८४०.८० रुपैयाँलाई आधार मानेर भाउ समायोजन गरेएको छ । कम्पनीहरुको समायोजित मूल्यलाई आधार मानेर आइतबार कारोबार खुला हुनेछ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार