CLI

ओली र प्रचण्डबीच भेटवार्ता

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ बिच भेटवार्ता भएको छ । नेकपा एमाले केन्द्रीय कार्यालयका सचिव डा.भीष्म अधिकारीका अनुसार दुई नेताबिच शनिबार नै भेट्ने तय भए पनि प्रचण्ड सङ्खुवासभाबाट काठमाडौँ फर्कन ढिला भएपछि रोकिएको थियो ।

जेनजी आन्दोलनपछि फागुन २१ मा हुन लागेको प्रतिनिधिसभा सदस्य निर्वाचनमा कांग्रेस, एमाले र नेपाली कम्युनिस्ट पार्टीबिच चुनावी तालमेलका लागि नेताहरूबिच अनौपचारिक कुराकानी हुँदै आएको नेताहरूले बताएका छन् ।

ओली र प्रचण्डबीच भेट हुने हिजै तय भएको भेट आज भएको हो । उनीहरुबीच राष्ट्रिय सभा निर्वाचनमा तालमेल गर्ने विषयमा छलफल भएको हो । त्यसैगरि दुई नेताबिचको भेटमा समसामयिक राजनीतिका बताएको छ ।

Leave Your Comment

Related News