CLI

डाक्नेश्वरी नगरपालिकामा जागिरको अवसर

काठमाडौं । सप्तरीको डाक्नेश्वरी नगरपालिकाले करार सेवामा कर्मचारी भर्नाका लागि आवेदन खुलाएको छ। नगर कार्यपालिकाको कार्यालयले सोमबार सूचना प्रकाशित गर्दै विभिन्न पदमा ४ जना कर्मचारी मागेको हो।

खुला प्रतिस्पर्धाबाट पदपूर्ति गर्ने गरी नगरपालिकाले सूचना प्रविधि अधिकृत, मनोसामाजिक परामर्शकर्ता र रिटर्नी स्वयंसेवक पदका लागि दरखास्त आह्वान गरेको छ। प्रकाशित सूचनाअनुसार सूचना प्रविधि अधिकृत पदमा १ जना र रिटर्नी स्वयंसेवक पदमा २ जनाका लागि आवेदन मागिएको छ। त्यस्तै मनोसामाजिक परामर्शकर्ता पदमा भने १ जना महिलाले मात्र आवेदन दिन पाउनेछन्।

कार्यपालिकाको पुस १८ गतेको निर्णयअनुसार योग्यता पुगेका नेपाली नागरिकले आवेदन दिन सक्नेछन् । नगरपालिकामा जागिर खान इच्छुक व्यक्तिले सूचना प्रकाशित भएको मितिले १५ दिनभित्र आवश्यक कागजातसहित कार्यालयमा दरखास्त पेस गर्नुपर्नेछ । तोकिएको म्यादभित्र रितपूर्वक आवेदन दिने उम्मेदवारहरूबिच खुला प्रतिस्पर्धा गराई छनोट गरिने नगरपालिकाले जनाएको छ ।

Leave Your Comment

Related News