CLI

सूर्यकुण्ड हाइड्रो इलेक्ट्रिकको आईपीओ मंगलबार बाँडफाँट हुने

काठमाडौं । सूर्यकुण्ड हाइड्रो इलेक्ट्रिक लिमिटेडले आईपीओ भोलि बाँडफाँट हुने भएको छ । कम्पनीले वैदेशिक रोजगारीमा रहेका नेपालीहरूका लागि निष्कासन गरेको आईपीओ मंगलवार बाँडफाँट गर्ने भएको हो ।

बिक्री प्रबन्धक कुमारी क्यापिटलका अनुसार मंगलबार बिहान ११ बजे क्यापिटलकै कार्यालयमा सेयर बाँडफाँटको कार्यक्रम तय गरिएको छ । आईपीओमा ६ हजार ८९६ जना आवेदकले १०÷१० कित्ताका दरले सेयर हात पार्नेछन् । यस पछि भने कम्पनीले आम सर्वसाधारणका लागि आईपीओ जारी गर्ने छ ।

Leave Your Comment

Related News