काठमाडौं । नेप्सेमा सूचीकृत तीन कम्पनीको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन रहेको छ । उल्लिखित तीन वटै कम्पनीहरूले भोलि पुस २२ गते बुक क्लोज गर्ने भएकाले आजसम्म कायम सेयरधनी मात्रै सभामा भाग लिन र लाभांश पाउन सक्नेछन् ।
एनएलजी इन्स्योरेन्स कम्पनीको चुक्ता पुुँजीको ४ प्रतिशत बोनस सेयर र ३.३६८४ प्रतिशत नगद लाभांश, नेशनल लघुवित्त वित्तीय संस्थाको १४.२५ प्रतिशत बोनस सेयर र ०.७५ प्रतिशत नगद लाभांश र विन्ध्यवासिनी हाइड्रोपावरको ५ प्रतिशत बोनस सेयर र ०.२६३२ प्रतिशत नगद लाभांश रहेको छ ।


