CLI

काठमाडौँको तापक्रम घट्यो

काठमाडौं । विज्ञानविभागका अनुसार पछिल्लो २ दिनमै काठमाडौँको न्यूनतम तापक्रम १ डिग्री घटेर आज तीन दशमलव पाँच डिग्रीमा झरेको छ ।

यही पुस १९ गते काठमाडौँको तापक्रम ४.५ डिग्री रहेकोमा आज विहान ९ बजे तापक्रम ३.५ डिग्रीमा झरेको छ । हिजो यहाँको तापक्रम ४ डिग्री रहेको थियो । मौसमविद् विनु महर्जनले यो तापक्रम यो वर्षकै कम भएको र तापक्रम यो जनवरी महिनामा क्रमशः घट्दो नै हुने बताइन् । काठमाडौँसँगै देशका धेरै ठाउँमा तापक्रम घटेको पनि उनले बताइन् ।

पुस महिना लागेपछि नै देशभर तापक्रम घट्दो क्रममा रहेकामा आज थप घटेको हो । पुसको पहिलो हप्ताभन्दा दोस्रो र तेस्रो हप्तामा तापक्रम क्रमशः घटेको छ । यही पुस ८ गते काठमाडौँको तापक्रम ४।९ रेकर्ड गरिएको थियो । पुस १५ मा काठमाडौँको न्यूनतम तापक्रम ४।८ डिग्रीमा झरेको थियो । पुस १७ गते तापक्रम घटेर ४।६ मा आएकामा १९ गते ४.५ डिग्रीमा झरेको हो ।

विभागमा आज अभिलेख गरिएको तापक्रमको विवरण अनुसार देशभरमा सबैभन्दा कम जुम्लाको न्युनतम तापक्रम माइनस ६।३ डिग्री रहेको छ । पुस १९ मा जुम्लामा माइनस ४।९ डिग्री रहेको थियो ।

दुई दिनको अभिलेख तुलना गर्दा डडेलधुरामा २।७ बाट २।१ डग्रीमा झरेको छ । दिपायलमा ६ बाट आज ४।४ मा झरेको छ । वीरेन्द्रनगरमा ५ बाट ३.८ मा, घोराहीमा ८ बाट ५.७ मा पोखरामा ८.५ बाट ७.९ मा, ओखल्ढुङ्गानमा ४.९ बाट ४.३ मा झरेको छ । भने ताप्लेजुङमा, सिमरा र धनकुटामा थोरैमात्रै बढेको छ । देशमा अधिकतम तापक्रम भने २२ डिग्रीभन्दा तल नै रहेको छ ।

जल तथा मौसम विज्ञान विभागले तराई क्षेत्रमा हुस्सु, कुहिरो र शीतलहर कायम रहेको र यो क्रम अझै जारी रहने जनाएको छ । धेरै ठाउँमा दिउँसोबाट खुल्दै जाने जनाइएको छ । हिमाली क्षेत्रमा केही ठाउँमा हिमपात रहेको छ भने ठाउँ ठाउँमा खोलाहरु समेत जमेको छ ।

Leave Your Comment

Related News