CLI

साढे २६ सय विन्दु नजिक पुग्यो नेप्से सूचक, उत्पादन तथा प्रशोधन समूहमा उच्च वृद्धि

काठमाडौं । सोमबार नेप्से परिसूचक २८.७३ अंकले बढेको छ । बजार २६३९.६७ अंकमा पुगेर बन्द भएको छ । यस दिन ३३५ वटा कम्पनी ८४ हजार २६९ पटक कारोबार हुँदा १ करोड २३ लाख ३० हजार कित्ता सेयर खरिदबिक्री भएको हो । कारोबार रकम भने ६ अर्ब ४७ करोड ३७ लाख रुपैयाँ पुगेको छ। यो रकम आइतबारको तुलनामा १ अर्ब ४५ करोड ६२ लाख रुपैयाँले बढी हो । आइतबार कारोबार रकम ५ अर्ब १ करोड ७५ लाख रुपैयाँ थियो ।

यस दिन सबै उप समूह बढेका छन् । बैंकिङ ०.६५ प्रतिशत, विकास बैंक २.७०,वित्त ०.८३, होटल्स तथा पर्यटन समूह २.५३, जलविद्युत १.४४, लगानी १.२३, जीवन बीमा ०.४९, उत्पादन र प्रशोधन ३.०५, लघुवित्त ०.५३, म्युअुचल फण्ड०.४३,निर्जीवन बीमा ०.४२, अन्य समूह ०.७८  र व्यापार समूह १.०९ प्रतिशतले  बढेका छन् ।

त्यसतै ६ कम्पनीको मूल्य १० प्रतिशतले  बढेका छन् । सागर डिस्टिलरी, एसवाई प्यानल, श्रीनगर एग्रिटेक, बन्दीपुर केबुलकार, रुरु हाइड्रोपावर र बाराही हाइड्रोपावर १० प्रतिशतले बढेका छन् । दरामखोला हाइड्रोपावरको ९.५४ प्रतिशतले बढेको छ ।

कारोबार रकमको आदारमा यस दिन शिवम् सिमेन्ट पहिलो सथनमा रहेको छ ।  यस कमपनीको ३८ करोड ६९ लाख रुपैयाँको कारोबार भएको हो । बन्दीपुर केबुलकार २० करोड ९१ लाख , एसवाई प्यानल १७ करोड ५१ लाख, श्रीनगर एग्रिटेक १६ करोड १४ लाख रुपैयाँको कारोबार भएको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार