CLI

सिद्धार्थ बैंकले पनि पायो अग्राधिकार शेयर जारी गर्ने अनुमति

काठमाडौं । सिद्धार्थ बैंकले पनि अग्राधिकार शेयर जारी गर्ने अनुमति पाएको छ। योसँगै हालसम्म नेपाल धितोपत्र बोर्डले अग्राधिकार शेयर जारी गर्न अनुमति पाउने बैंकको संख्या ४ पुगेको छ।

धितोपत्र बोर्डले आज ३ अर्ब ५० करोड रुपैयाँबराबरको एसबीएल अविमोच्य अञ्चिति अग्राधिकार शेयर जारी गर्ने अनुमति दिएको हो। अब बैंकले १०० रुपैयाँ अंकित दरका कुल ३ करोड ५० लाख कित्ता अग्राधिकार शेयर जारी गर्नेछ।

सिद्धार्थ बैंकले यो अग्राधिकारको लाभांश दर ८.२५ प्रतिशत रहेको छ। जुन मुनाफा भएको वर्षमात्र वितरण गरिन्छ। बैंकको अग्राधिकार शेयरको बिक्री प्रबन्धकमा एनएमबि क्यापिटल रहेको छ।

यसअघि वाणिज्य बैंकतर्फ नबिल बैंक र एनएमबि बैंक तथा विकास बैंकतर्फ कामना सेवा विकास बैंकले अग्राधिकार शेयर जारी गर्ने अनुमति पाइसकेका छन्। नबिल बैंकले ५ अर्ब रुपैयाँ, एनएमबि बैंकले ३ अर्ब रुपैयाँ र कामना सेवा विकास बैंकले ३५ करोड रुपैयाँबराबरको अग्राधिकार शेयर ल्याउने अनुमति पाएका छन्।

Leave Your Comment

Related News