CLI

केवल तीन वर्षमै तीन फरक महादेशमा यसरी फैलियो डीपल

काठमाडौं । चाङ्गान अटोमोबाइलको महत्वाकांक्षी ‘शाङ्ग्रिला न्यू एनर्जी स्ट्राटेजी’ अन्तर्गत सन् २०२२ को मध्यतिर डीपलले आफ्नो पहिलो मोडल SL03 सार्वजनिक गर्दा यो नयाँ ईभी ब्रान्डले यति छिटो अन्तर्राष्ट्रिय बजारमा प्रभाव जमाउनेछ भन्ने धेरैले अनुमान समेत गरेका थिएनन् ।

परम्परागत अटोमोबाइल कम्पनी र चर्चित स्टार्टअपहरूले भरिएको उद्योगमा डीपलको प्रवेश भने शान्त र फरक थियो। ठुल्ठूला दाबी वा नाटकीय लन्च कार्यक्रमहरू नगरिकनै डीपलले आफ्ना गाडी निर्माण गर्ने शैलीजस्तै शान्त, आत्मविश्वासी र उच्च सटीकताका साथ आफ्नो विस्तारलाई पनि अघि बढायो।

सन् २०२५ को अन्त्यसम्म आइपुग्दा, डीपलले तीन वर्षमै एशिया, युरोप र अफ्रिकासहित तीन महादेशमा विरलै देखिने अर्थपूर्ण उपस्थिति स्थापित गर्‍यो। छोटो समयमा भएका कारण मात्र होइन, फरक–फरक बजारमा उही प्रकारको विश्वास जित्न सक्नु पनि यो उपलब्धिको विशेषता हो।

यो विस्तार घरेलु भूमि चीनबाट सुरु भएको थियो, जहाँ SL03 र त्यसपछि आएको S07 ले सुरुवाती सफलता दिलायो। यी मोडलहरूले ग्राहकलाई उनीहरुले अपेक्षा गरेभन्दा बढी,अर्थात् सहज पहुँचमा प्रीमियम महसुस हुने गुणस्तरको अनुभव दिए। माग र बिक्री बढ्दै गएपछि डीपलले अर्को ठूलो बजारयुरोपतर्फ कदम चाल्यो, जुन विश्वकै सबैभन्दा प्रतिस्पर्धी ईभी बजार मानिन्छ।

नयाँ अटोमोबाइल ब्रान्डका लागि युरोप प्रवेश ठूलो चुनौती हो। तर डीपलले बिना कुनै हिचकिचाहट, पूर्ण तयारी र आत्मविश्वासका साथ यहाँको बजारमा पाइला टेक्यो। सन् २०२५ मा डीपलले WLTP प्रमाणीकरण, उन्नत ADAS ट्युनिङ र युरोपेली सडकका लागि अनुकूल आरामदायी इन्जिनियरिङसहित S05 र S07 मोडलहरू युरोपका विभिन्न बजारमा सार्वजनिक गर्‍यो।

समीक्षकहरूले यी गाडीलाई “अपेक्षा गरेभन्दा धेरै परिपक्व” भन्दै प्रशंसा गरे। इटालीको टुरिनमा आधारित डिजाइन र मध्यम आकारका इलेक्ट्रिक गाडी क्षेत्रमा डीपललाई “गम्भीर नयाँ प्रतिस्पर्धी” को रूपमा चित्रण गरियो। नयाँ ब्रान्डका लागि यस्तो स्वीकार्यता दुर्लभ मानिन्छ।

योसँगै, डीपलले रणनीतिक साझेदारीमार्फत नयाँ क्षेत्रतर्फ विस्तार तीव्र बनायो। अक्टोबर २०२५ मा चाङ्गान र JD ग्रुपबीच भएको स्मार्ट ग्लोबल लजिस्टिक्स तथा इनोभेसन सम्झौताले यसमा महत्वपूर्ण भूमिका खेल्यो।

यस साझेदारीले ओभरसिज सप्लाई चेन मजबुत बनाउँदै डीपलका मोडलहरू छिटो बजारसम्म पुर्‍याउन र डिलर सपोर्टलाई सहज बनाउन मद्दत गर्‍यो। यही सुधारले २०२५ को सुरु र मध्यतिर अफ्रिका र मध्यपूर्वमा डिस्ट्रिब्युसन् नेटवर्क विस्तार गर्न महत्वपूर्ण योगदान पुर्‍यायो।

तर यी आँकडामात्र होइनन्, यस विस्तारको पछाडि मानवीय कथा पनि छ। नयाँ मौसम र वातावरणअनुसार मोडल परिमार्जन गर्नका लागि देश–देश घुम्ने इन्जिनियरहरू, अन्जान बन्दरगाहमा ढुवानी समन्वय गर्ने लजिस्टिक्स टोलीर नयाँ मार्केटमा नचिनेको ब्राण्डलाई विश्वास गर्ने सुरुवाती ग्राहकहरूजो आफैं पछि यस ब्रान्डका स्वाभाविक प्रवर्द्धक पनि बने। यो विस्तार केवल रणनीतिक मात्र नभई भावनात्मक पनि थियो, जहाँ शान्त गुणस्तर र सहज आराम विश्वका जुनसुकै ठाउँमा मन पराइन सक्छ भन्ने विश्वास थियो।

सन् २०२५ को अन्त्यसम्म आइपुग्दातीन महादेशमा डीपलको उपस्थिति आश्चर्य होइन, उदाहरण नै बनिसकेको थियो। ठूलो दाबी र भविष्यवादी प्रदर्शनमा केन्द्रित उद्योगमा डीपलले साँचो विश्वव्यापी विस्तार सरल कुराबाट पनि सम्भव छर मानिसहरूले साँच्चिकै मन पराउने गाडी बनाउने हो भने बाँकी प्रचार ‘वर्ड अफ माउथ’ले नै गर्न सक्छ भन्ने प्रमाणित गरेको छ।

 

तीन वर्षभन्दा कम समयमा डीपलले नयाँ नयाँ महादेशमा प्रवेश मात्र गरेन, त्यहाँ आफ्नो बेग्लै स्थान पनि बनाएको छ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार