काठमाडौं । नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का संयोजक पुष्पकमल दाहाल प्रचण्डले राष्ट्रिय सभा सदस्य निर्वाचनमा तालमेल गर्नेबारे एकता प्रक्रियामा जोडिएका प्रमुख नेताहरूसँग छलफल गर्ने भएका छन् । पार्टीसँग सम्बन्धित बाहिरी कार्यक्रम रोकेर आन्तरिक छलफलमा जुटेका प्रचण्डले दिउँसो नेकपाका प्रमुख नेताहरूसँग छलफल गर्न लागेका हुन् ।
उनले बिहान सहसंयोजक माधव कुमार नेपालसँग राष्ट्रिय सभा सदस्य तथा प्रतिनिधिसभा सदस्य निर्वाचनमा कसरी अगाडि बढ्ने भन्ने विषयमा छलफल गरेका थिए । उनले दिउँसो एकतामा जोडिएका १७ घटकका प्रमुखसँग छलफल गर्न लागेका हुन् ।
प्रचण्डले नेपाल, महिन्द्र राय यादव, राजेन्द्र श्रेष्ठ, रञ्जिता श्रेष्ठ लगायतसँग छलफल भइसकेको बुझिएको छ । फागुन २० गते पदावधि सकिने १८ सिटका लागि निर्वाचन आयोगले माघ ११ गते निर्वाचन गर्दैछ ।
आयोगले बुधबार बिहान १० देखि ३ बजेसम्म उम्मेदवारी मनोनयन दर्ताको समय दिएको छ ।


