CLI

उद्योग वाणिज्य संघ चितवनको अध्यक्षमा चिरञ्जीवी सुवेदी विजयी

चितवन । उद्योग वाणिज्य संघ, चितवनको अध्यक्षमा चिरञ्जिवी सुवेदी विजयी भएका छन् ।

मंगलबार बिहान सार्वजनिक संघको नतिजा अनुसार ५९ औँ वार्षिक साधारणसभा तथा अधिवेशनबाट अध्यक्षमा प्रत्याशी शिरिष पन्तलाई हराउँदै सुवेदी विजयी भएका हुन् ।

चिरञ्जिवी सुवेदीले १ हजार ४ सय ८४ मत ल्याउँदा शिरिष पन्तले १ हजार १ सय ८५ मत ल्याएका हुन् । २ सय ९९ मतले सुवेदी विजयी भएका हुन् । संंघको निर्वाचनमा सुवेदी पन्तक‍ो दुई वटा प्यानल घोषणा भएको थियो । पूर्व अध्यक्षहरुको समेत समर्थन सुवेदी प्यानललाई रहेको थियो।

त्यस्तै, संघको वरिष्ठ उपाध्यक्षमा सुवेदी प्यालनकै राजेन्द्र ओली, उपाध्यक्षहरु नारायण प्रधान र राजन पियाले जितेका छन् । भने, अर्का उपाध्यक्षमा पन्त प्यानलका जनक पौडेलले विजयी भएका छन् । संघको अन्य सदस्यमा अधिकांश सुवेदी प्यालनबाट नै विजयी भएका छन् ।

३ हजार ३ सय ७१ मतदाता रहेको संघमा कुल २ हजार ७ सय १९ मत खसेको थियो ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार