काठमाडौं । मंगलबार शेयर बजार बढेको छ । मंगलबार ९.९३ अंकले बढेर नेप्से परिसूचक २६४९.३० विन्दुमा पुगेर बन्द भएको छ । भने सेन्सेटिभ इन्डेक्स २.३१ अंकले बढेर ४५७.२३ विन्दुमा पुगेर बन्द भएको छ । त्यस्तै फोल्ट इन्डेक्स ०.७१ र सेन्सेटिभ फोल्ट इन्डेक्स भने ०.७९ अंकले बढेको हो ।
मंगलबार ३३४ वटा कम्पनीको ८८ हजार ३६२ पटक धितोपत्र कारोबार हुँदा १ करोड ४८ लाख ३१ हजार २४१ कित्ता शेयर खरिद बिक्री भएको छ । कारोबार रकम भने ७ अर्ब १२ करोड ३३ लाख पुगेको छ । जुन कारोबार रकम सोमबारको तुलनामा ६४ करोड ९६ लाखले बढी हो ।
मंगलबार १४८ वटा कम्पनीको शेयर मूल्य बढ्दा १०३ वटा कम्पनीको शेयर मूल्य घटेको छ ।
यस दिन सबै ११ वटा समूह बढ्दा २ वटा समूह घटेको छ । बैंकिङ ६, विकास बैंक ४४, वित्त ६७, जलविद्युत ५, लगानी ०.३३, जीवन बीमा ६, लघुवित्त ४१, म्युअुचल फण्ड ०.०९, निर्जीवन बीमा १३, व्यापार २० र अन्य समूह १८ अंकले बढेको हो । होटल र पर्यटन १७ र उत्पादन र प्रशोधन ४६ अंकले घटेको हो ।
यस दिन सर्वाधिक कारोबार हुनेमा एसवाइ प्यानल रहेको छ । एसवाइ प्यानलको २४ करोड ८८ लाख, बुटवल पावर कम्पनीको २३ करोड ६७ लाख, शिवम सिमेन्टसको २३ करोड ४७ लाख, बन्दीपुर केबलकारको २१ करोड ५५ लाख र मन्जुश्री फाइनान्सको १९ करोड ८१ लाख बराबर कारोबार भयो ।


