काठमाडौं । एनआईसी एशिया बैंक लिमिटेडको संस्थापक समूहको २ लाख कित्ता सेयर सबैले किन्न पाउने गरी लिलाम बढाबढ प्रक्रिया मार्फत् बिक्रीमा राखिएको छ ।
बिक्री प्रबन्धक नेपाल लाइफ क्यापिटलका अनुसार प्रतिकित्ता न्यूनतम १४० रुपैयाँमै सेयर बिक्रीमा राखिएको हो । सेयर खरीदका लागि इच्छुक योग्य जोकोही व्यक्ति, कम्पनी वा संघसंस्थाहरूले आज पुस २३ गतेदेखि माघ २ गतेसम्म आवेदन दिन सक्नेछन् । आवेदन दिंदा सम्पूर्ण कित्ता (२ लाख) खरीदका लागि दिनु पर्नेछ। गोप्य शिलबन्दी बोलपत्र फाराम काठमाडौंको कमलपोखरीस्थित नेपाल लाइफ क्यापिटलको कार्यालयमा पाइनेछ र सोही स्थानमा बुझाउनु पर्नेछ ।
बिक्री अवधिमा परेका बोलपत्रहरू माघ ४ गते दिउँसो ३ बजे बिक्री प्रबन्धकको कार्यालयमा खोलिने कम्पनीले जनाएको छ । बोलपत्र पेश गर्दा प्रतिकित्ता कम्तीमा १४० रुपैयाँ वा सोभन्दा बढी मूल्य अंकित गर्नु पर्नेछ।



