काठमाडौं । नेपाली कांग्रेसले राष्ट्रिय सभा निर्वाचनका लागि ९ जना उम्मेदवार टुंगो लगाएको छ। कांग्रेस कार्यसम्पादन समितिको बैठकले सातै प्रदेशबाट उम्मेदवार छनोट गर्दै नामावली सार्वजनिक गरेको हो।
कोशी प्रदेशबाट सुनिलबहादुर थापा (अन्य), मधेश प्रदेशबाट धर्मेन्द्र पासवान (दलित) र रञ्जित कर्ण (अपांगता), बागमती प्रदेशबाट गीता देवकोटा (महिला)लाई उम्मेदवार बनाउने निर्णय गरिएको छ।
यस्तै, गण्डकी प्रदेशबाट जगत तिमिल्सिना (अन्य), लुम्बिनी प्रदेशबाट वासुदेव घिमिरे ‘जंगली’ (अपांगता) र चन्द्रबहादुर केसी, कर्णाली प्रदेशबाट ललितजंग शाही (अन्य) तथा सुदूरपश्चिम प्रदेशबाट खम्मबहादुर खाती (अन्य) उम्मेदवार रहेका छन्।
उम्मेदवारी छनोट प्रक्रियामा कांग्रेसका दुवै महामन्त्रीले असहमति जनाएका छन्।


