CLI

२६०० माथि नै नेप्से, दोहोरो अंकले नेप्से घट्दा करिब २ अर्बले घट्यो कारोबार रकम

काठमाडौं । बुधबार शेयर बजार घटेकोे छ । बुधबार १३.३५ अंकले घटेर नेप्से परिसूचक २६३५.९४ विन्दुमा पुगेर बन्द भएको छ । भने सेन्सेटिभ इन्डेक्स २.२२ अंकले घटेर ४५५.०१ विन्दुमा पुगेर बन्द भएको छ । त्यस्तै फोल्ट इन्डेक्स ०.९० र सेन्सेटिभ फोल्ट इन्डेक्स भने ०.७४ अंकले घटेको हो ।

बुधबार ३२३ वटा कम्पनीको ७२ हजार ४७४ पटक धितोपत्र कारोबार हुँदा १ करोड ६ लाख ३३ हजार ७१७ कित्ता शेयर खरिद बिक्री भएको छ । कारोबार रकम भने ५ अर्ब १७ करोड ५० लाख पुगेको छ । जुन मंगलबारको तुलनामा कारोबार रकम १ अर्ब ९४ करोड ८३ लाखले कम हो । मंगलबार भने कारोबार रकम ७ अर्ब १२ करोड ३३ लाख रहेको थियो ।

बुधबार ६२ वटा कम्पनीको शेयर मूल्य बढ्दा १८७ वटा कम्पनीको शेयर मूल्य घटेको छ भने १० वटा कम्पनीको शेयर मूल्य स्थिर रहेको छ ।
यस दिन २ वटा समूह बढ्दा ११ वटा समूह घटेको छ । वित्त ५ र व्यापार ०.२४ अंकले बढ्दा बैंकिङ ३, विकास बैंक ४७, होटल र पर्यटन१०१, जलविद्युत २७, लगानी ०.५६, जीवन बीमा १०, उत्पादन र प्रशोधन १०३, लघुवित्त २०, म्युअुचल फण्ड ०.०६, निर्जीवन बीमा ६७ र र अन्य समूह १३ अंकले घटेको हो ।

यस दिन सर्वाधिक कारोबार हुनेमा एसवाइ प्यानल रहेको छ । एसवाइ प्यानलको २६ करोड ९४ लाख, श्रीनगर एग्रोटेनक कम्पनीको २३ करोड ५५ लाख, शिवम सिमेन्टसको १६ करोड १० लाख सागर डिष्ट्रीलरीको १५ करोड ६८ लाख बराबर कोरोबार भयो ।

Leave Your Comment

Related News