CLI

सालपा विकास बैंकको आईपीओ शुक्रबार बाँडफाँड हुँदै

काठमाडौं । सालपा विकास बैंकको आईपीओ बाँडफाँड गर्ने मिति तय भएकाे छ । बिक्री प्रबन्धक मुक्तिनाथ क्यापिटलका अनुसार बाँडफाँड पाैष २५ गते शुक्रबार बिहान ९ बजे हुनेछ ।

बैंकले पुस १६ गतेदेखि २० गतेसम्म सर्वसाधारणका लागि १४ लाख ३९ हजार १७९ कित्ता आईपीओ निष्काशन गरेको थियो । जहाँ २३ लाख ८३ हजार ४०७ जनाले २ करोड ७८ लाख ८४ हजार ५७० कित्ताका लागि आवेदन दिएका थिए । जुन १९.३७ गुणा बढी आवेदन हाे ।

बैंकले यसअघि वैदेशिक रोजगारीमा रहेका नेपालीहरूका लागि छुट्याइएको आईपीओ बाँडफाँट गरिसकेको छ । साथै, सामूहिक लगानी कोषका लागि छुट्याइएको सेयर पनि बाँडफाँट भइसकेको छ।

बैंकले जारी पूँजी ५२ करोड २३ लाख ८८ हजार रुपैयाँको ३३ प्रतिशत बराबरको १७ लाख २३ हजार ८८० कित्ता आईपीओ निष्कासन गर्ने अनुमति पाएको थियो । सोमध्ये पहिलो चरणमा १ लाख ७२ हजार ३८८ कित्ता सेयर वैदेशिक रोजगारीमा रहेका नेपालीहरूलाई वितरण गरिएको हो । यस्तै, ८६ हजार १९४ कित्ता सेयर सामूहिक लगानी कोषका लागि छुट्याइएको थियो ।

दोस्रो चरणमा बैंकले २६ हजार ११९ कित्ता सेयर कर्मचारीहरूका लागि सुरक्षित राखी बाँकी १४ लाख ३९ हजार १७९ कित्ता सेयर सर्वसाधारण लगानीकर्ताका लागि निष्कासन गरेको छ ।

Leave Your Comment

Related News