CLI

आठ दश वर्षको योजना अनुरुप भदौ २३ र २४ को घटना भएको हो : अध्यक्ष ओली

काठमाडौं । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले भदौ २३ र २४ को आन्दोलन आठ दश वर्ष अघिको योजना भएको बताएका छन् ।

आन्दोलनको नाममा भएको देश जलाउने कामहरु जेनजीहरुबाट नभएको बताउँदै उनले देश जलाउने काममा जेनजीहरु कार्यमा नलागेको भन्दै उक्त घटना तात्कालिक नभएर आठ दश वर्ष अघिको योजना भएको बताए ।

नेपाल राष्ट्रिय भूतपूर्व सैनिक तथा प्रहरी सङ्गठनको ३५ औँ स्थापना दिवसका अवसरमा आयोजित कार्यक्रमलाई बुधबार काठमाडौँमा सम्बोधन गर्दै ओलीले यस्तो बताएका हुन् ।

‘यो तात्कालिक होइन, आठ दश वर्ष देखिको तयारी हो । देश जलाउनेहरू देशद्रोही हुन्, अपराधी हुन्, कुनै आन्दोलनकारी होइनन्’ ओलीको भनाइ छ । उनले बेहोस पारिएका, बहकाइएका, आत्मा किनिएका र बेचिएका तत्त्वहरूले देश चलाएको भन्दै यो नेपाली आचरण, बुद्धि, मति र अभ्यास आचरण हुनै नसक्ने बताए ।

‘संसद् भवन जलाउने काम, सरकारको मुख्यालय जलाउने काम, सर्वोच्च लगायतका अदालत जलाउने काम, त्यो ठाउँमा खोजी खोजी जलाइएको छ जहाँ खास मान्छेका मिसिल छन्’, ओलीले भने, ‘ट्रेन मान्छे गएको छ । कार्यालय र घर लोकेट गरिएको छ ।’‎

Leave Your Comment

Related News