CLI

२७ गते भृकुटीमण्डपमा विशेष महाधिवेशन हुन्छ, सबै सहभागी हुनुहोस् : गगन थापा

काठमाडौं । नेपाली कांग्रेसका महामनत्री गगन थापाले पुस २७ गते भृकुटीमण्डपमा हुने विशेष महाधिवेशन उद्घाटन समारोह हुने बताएका छन् । उनले महाधिवेशनमा सबैलाई सहभागी हुन आग्रह समेत गरेका छन् ।

बुद्धिजीवीहरूसँगको छलफलका क्रममा थापाले २७ गते बिहान ११ बजे विशेष महाधिवेशन उद्घाटन हुने भएकाले सबैलाई उपस्थित हुन निम्तो दिएका हुन् ।

छलफलका क्रममा उनले भने, ‘राजनीतिक दलहरूभित्र प्रश्न मर्न दिनहुन्न । त्यसैले पनि विशेष महाधिवेशन गर्छौँ । अब पछि हट्ने कुरा छैन ।’

 

विशेष महाधिवेशन पक्षधरले पुस २७ र २८ गते विशेष महाधिवेशन आयोजना गर्न कार्यतालिका सार्वजनिक गरिसकेको छ ।

उनीहरूले पुस २८ भित्र १५ औँ महाधिवेशन सम्पन्न हुन नसकेको भन्दै विधानको व्यवस्था अनुसार पुस २७ र २८ गते काठमाडौंमा विशेष महाधिवेशन आयोजना गर्न लागिएको पत्रकार सम्मेलन मार्फत आज जानकारी दिएका हुन् ।

Leave Your Comment

Related News