CLI

४ महिनामा १ खर्ब ३० अर्ब रुपैयाँ सवारी साधन कर्जा प्रवाह

काठमाडौं । बैंक तथा वित्तीय संस्थाबाट १ खर्ब ३० अर्ब भन्दा बढी सवारी साधन कर्जा प्रवाह गरेको छ ।

राष्ट्र बैंक अनुसार मंसिर मसान्तसम्म १ खर्ब ३० अर्ब ३१ करोड ९० लाख रुपैयाँ सवारी साधन कर्जा प्रवाह गरेको हो । यो रकम गत आवको तुलनामा २.८४ प्रतिशत अर्थात ३ अर्ब ६० करोड १० लाख रुपैयाँले बढी हो । गत आवमा बैंक तथा वित्तीय संस्थाबाट १ खर्ब २६ अर्ब ७१ करोड १८ लाख रुपैयाँ कर्जा प्रवाह गरेको थियो ।

वाणिज्य बैंकहरुले १ खर्ब भन्दा बढी कर्जा प्रवाह गरेको छ । मंसिर मसान्तसम्म वाणिज्य बैंकले १ खर्ब १४ अर्ब ८७ करोड  रुपैयाँ कर्जा प्रवाह गरेको छ। यो रकम गत आवको तुलनामा ४.८५ प्रतिशत अर्थात ५ अर्ब ३१ करोड ७० लाख बढी हो। २० वाणिज्य बैंक मध्य सबै भन्दा बढी कर्जा ग्लोबल आईएमई बैंकले प्रवाह गरेको छ ।बैंकले १५ अर्ब ५४ करोड ८४ लाख रुपैयाँको सवारी साधन कर्जा प्रवाह गरेको हो ।

त्यसतै विकास बैंकहारुको उकत कर्जा प्रवाह ‍१४.७० प्रतिशतले घटेको छ । विकास बैंकले चालु आवमा ११ अर्ब ७८ करोड २० लाख कर्जा प्रवाह गरेको छ। भने गत आवमा १३ अर्ब ८१ करोड २० लाख रुपैयाँ सवारी साधन कर्जा प्रवाह गरेको थियो ।

वित्त संस्थाबाट चालु आवमा ३ अर्ब ६६ करोड ६० लाख रुपैयाँ कर्जा प्रवाह गरेको छ । यो रकम गत आवको सोही अवधिको तुलानामा ९.३७ प्रतिशत अर्थात ३१ करोड ४० लाख रुपैयाँले बढेको छ । गत आवमा वित्त संस्थाहरुबाट ३ अर्ब ३५ करोड २० लाख रुपैयाँ सवारी साधन कर्जा प्रवाह गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार