CLI

आरती पावरको १० औँ वार्षिक साधारणसभा माघ १६ गते

काठमाडौं । आरती पावर कम्पनी लिमिटेडले वार्षिक साधारणसभाको मिति घोषणा गरेको छ । कम्पनीको पुस २२ गते बसेको सञ्चालक समितिको बैठकले आगामी माघ १६ गतेका लागि १० औँ वार्षिक साधारणसभा आह्वान गरेको हो ।

उक्त सभा पारिजात पार्टी प्यालेस टोखा नगरपालिका ८ मा दिको २ बजेदेखि ५ बजेसम्म आयोजना हुने छ । सभाले सञ्चालक समितिको तर्फबाट अध्यक्षद्धारा २०८१/०८२ को वार्षिक प्रतिवेदन प्रस्तुत, छलफल तथा स्वीकृति गर्ने, लेखापरीक्षकको प्रतिवेदन सहितको आव २०८१/८२ माथी छलफल गरी स्वीकृत गर्ने, कम्पनी ऐन, ३०६३ को दाफा १११ अनुसारका लागि खेलापरीक्षकको नियुक्ति तथा निजको पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव पारित गर्ने छ । त्यस्तै विशेष प्रस्तावका रुपमा कम्पनीको ठेगाना वडा नम्बर २ खोर्सानीटारबाट वडा नम्बर ५ भाटमटेनीमा परिवर्त गर्ने प्रस्ताव पनि पारित गर्ने छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार