CLI

आज २ संसदीय समितिको बैठक बस्दै

काठमाडौं । आज राष्ट्रिय सभाअन्तर्गतका दुई वटा संसदीय समितिको बैठक बस्दैछ। कार्यसूचीअनुसार बिहान साढे ११ बजे विधायन व्यवस्थापन समितिको बैठक आयोजना गरिएको छ।

उक्त बैठकमा पर्यटन विधेयक, २०८१ सम्बन्धमा सरोकारवालासँग विस्तृत छलफल गरिने कार्यसूचीमा उल्लेख छ। यसैगरी, बिहान साढे ११ बजे नै सुरु हुने सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिको बैठकमा अध्यागमन ऐन, २०४९ को कार्यान्वयन अवस्था तथा प्रत्यायोजित विधायनसम्बन्धी अध्ययन प्रतिवेदन, २०८२ माथि छलफल हुने जनाइएको छ।

Leave Your Comment

Related News