काठमाडौं । शुक्रबा नेपाली बजारमा सुनको मूल्य २ हजार १ सय रुपैयाँले बढेको छ । नेपाल सुनचाँदी ब्यवसाय महांसघका अनुसार सुन प्रतितोला २ लाख ६७ हजार ८ सय रुपैयाँमा कारोबार भइरहेक छ । बिहीबार सुन प्रतितोला २ लाख ६५ हजार ७०० रुपैयाँ थियो ।
यस दिन चाँदी भने ५५ रुपैयाँले घटेको छ । बजारमा चाँदी प्रतितोला ४ हजार ७८० रुपैयाँमा खरिदबीक्री भइरहेको छ । बिहीबार चाँदी ४ हजार ८३५ रुपैयाँ थियो ।


