काठमाडौं । सालपा विकास बैंक लिमिटेडको प्रारम्भिक सार्वजनिक निष्कासन (आईपीओ) बाँडफाँड सम्पन्न भएको छ । शुक्रबार बैंकले सर्वसाधारण लगानीकर्ताका लागि जारी गरेको आईपीओको बाँडफाँड प्रक्रिया सम्पन्न गरेको हो ।
बैंकको आईपीओमा कुल २३ लाख २ हजार ८४३ जना आवेदकबाट २ करोड ५९ लाख ३४ हजार ९३० कित्ता सेयर खरिदका लागि आवेदन परेको थियो । तीमध्ये २२ लाख ६५ हजार ९५५ वटा आवेदन स्वीकृत भएका छन् ।
बैंकले पुस १६ गतेदेखि २० गतेसम्म सर्वसाधारणका लागि १४ लाख ३९ हजार १७९ कित्ता आइपीओ निष्काशन गरेको थियो । जसमा २३ लाख ८३ हजार ४०७ जनाले २ करोड ७८ लाख ८४ हजार ४७० कित्ता सेयरका लागि आवेदन दिएका थिए । जहाँ १ लाख ४३ हजार ९७० जनाले १०/१० कित्ताका दरले सेयर पाएका छन् ।
दोस्रो चरणमा बैंकले २६ हजार ११९ कित्ता सेयर कर्मचारीहरूका लागि सुरक्षित राखी बाँकी १४ लाख ३९ हजार १७९ कित्ता सेयर सर्वसाधारण लगानीकर्ताका लागि निष्कासन गरेको छ ।


