CLI

दुर्गा प्रसाईंविरुद्ध बैंकिङ कसुर मुद्दाको सुनुवाइ आज हुँदै

काठमाडौं । मेडिकल व्यवसायी दुर्गा प्रसाईँविरुद्धको बैंकिङ कसुरसम्बन्धी मुद्दा उच्च अदालत पाटनमा सुनुवाइ हुँदैछ । दुर्गा प्रसाईँ, उमा प्रसाईँ, नीराजन प्रसाईँ र आर्जु प्रसाईँलाई विपक्षी बनाइएको बैंकिङ कसुर मुद्दा न्यायाधीशद्वय खड्कबहादुर केसी र कृपासुर कार्की इजलासमा सुनुवाइ हुन लागेको हो ।

नेपाल राष्ट्र बैंकले गत माघ २३ गते प्रसाईंको बैंकिङ कारोबार शंकास्पद देखिएको भन्दै केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) लाई अनुसन्धानका लागि पत्राचार गरेको थियो। सीआईबीले अनुसन्धान सम्पन्न गरी विशेष सरकारी वकिलको कार्यालयमा प्रतिवेदन बुझाएपछि मुद्दा अभियोजनको चरणमा पुगेको हो।

सरकारी वकिलले प्रसाईंविरुद्ध १८ करोड ४४ लाख रुपैयाँ बिगो कायम गर्दै जरिवाना र कैद सजायको माग गरेको छ। साथै पीडित राहत कोषमा क्षतिपूर्ति भराउने माग पनि अभियोगपत्रमा उल्लेख छ।

प्रसाईंले विभिन्न बैंक तथा वित्तीय संस्थामा रहेका खातामार्फत ‘राउन्ड ट्रिपिङ’ लगायत स्वार्थ बाझिने प्रकृतिका र शंकास्पद आर्थिक कारोबार गरेको आरोप लगाइएको छ।

यसअघि न्यायाधीशद्वय सुदर्शनदेव भट्ट र मुनेन्द्रप्रसाद अवस्थीको इजलासले प्रसाईँलाई अदालतले २५ लाख धरौटीमा छाड्ने आदेश दिएको थियो ।

Leave Your Comment

Related News