CLI

एनआईसी एशिया बैंकको लकर सेवामा ३० प्रतिशत विशेष छुट

काठमाडौं ।एनआईसी एशिया बैंकले आफ्ना ग्राहकको बहुमूल्य सामान र महत्वपूर्ण कागजात सुरक्षित राख्ने सुविधा अझ सहज र किफायती बनाउने उद्देश्यले लकर सेवामा ३० प्रतिशत विशेष छुट उपलब्ध गराएको छ।

नयाँ योजना अनुसार, २०८२ माघ ६ गतेसम्म ग्राहकहरूले पहिलो वर्षको वार्षिक शुल्कमा ३० प्रतिशत छुट पाउनेछन्। यस सेवा अन्तर्गत ग्राहकले आफ्नो बहुमूल्य वस्तु र कागजात पूर्ण रूपमा सुरक्षित राख्न सक्नेछन्।

बैंकले देशभरका विभिन्न शाखामा ग्राहकको आवश्यकताअनुसार विभिन्न आकारका लकर सुविधा उपलब्ध गराएको छ। यस छुट सुविधा मार्फत ग्राहकहरूलाई सुरक्षा, सहजता र सहुलियत एकसाथ उपलब्ध हुने बैंकको विश्वास छ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार