CLI

राष्ट्र बैंकले भन्यो-निक्षेप परिचालन ७५ खर्ब ४५ अर्ब पुग्दा कर्जा प्रवाह ६५ खर्ब नजिक

काठमाडौं । नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाहरूमा रहेको निक्षेप ३.९ प्रतिशतले बढेको बताएको छ । राष्ट्र बैंकले चालु आर्थिक वर्षको पाँच महिनाको आर्थिक तथा वित्तीय प्रतिवेदन सार्वजनिक गर्दै उक्त कुरा बताएको हो ।

राष्ट्र बैंकका अनुसार चालु आर्थिक वर्षको पाँच महिनाको अवधिमा बैंक तथा वित्तीय संस्थाहरूमा रहेको निक्षेप ३.९ प्रतिशत (रु २८१ अर्ब ८९ करोड) ले वृद्धि भई रु ७५ खर्ब ४५ अर्ब ७७ करोड पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो निक्षेप २.७ प्रतिशत (रु १७२ अर्ब ३२ करोड) ले बढेको थियो । वार्षिक विन्दुगत आधारमा २०८२ मंसिर मसान्तमा बैंक तथा वित्तीय संस्थाहरूमा रहेको निक्षेप १३.९ प्रतिशतले बढेको छ ।

२०८२ मङ्सिर मसान्तमा बैंक तथा वित्तीय संस्थाहरूको कुल निक्षेपमा चल्ती, बचत र मुद्दती निक्षेपको अंश क्रमशः ६.४ प्रतिशत, ३९.९ प्रतिशत र ४४.६ प्रतिशत रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो अंश क्रमश ५.३ प्रतिशत, ३३.६ प्रतिशत र ५३.१ प्रतिशत रहेको थियो ।

२०८२ मङ्सिर मसान्तमा बैंक तथा वित्तीय संस्थाहरूको कुल निक्षेपमा संस्थागत निक्षेपको अंश ३५.३ प्रतिशत रहेको छ । २०८१ मङ्सिर मसान्तमा यस्तो निक्षेपको अंश ३५.८ प्रतिशत रहेको थियो ।

 

कर्जा प्रवाह
समीक्षा अवधिमा बैंक तथा वित्तीय संस्थाहरूवाट निजी क्षेत्रमा प्रवाहित कर्जा १.९ प्रतिशत (रु १०२ अर्व २४ करोड) ले बढी रु ५५ खर्ब ९९ अर्व ९५ करोड पुगेको छ। अघिल्लो वर्षको सोही अवधिमा यस्तो कर्जा रु १ खर्ब ७८ अर्व २९ करोड (३.५ प्रतिशत) ले बढेको थियो । वार्षिक विन्दुगत आधारमा २०८२ मङ्सिर मसान्तमा बैंक तथा वित्तीय संस्थाहरूबाट निजी क्षेत्रतर्फ प्रवाहित कर्जा ६.६ प्रतिशतले वढेको छ ।

२०८२ मइसिर मसान्तमा बैंक तथा वित्तीय संस्थाहरूबाट निजी क्षेत्रमा प्रवाहित कजांमध्ये गैर(वित्तीय संस्थागत क्षेत्रतर्फ प्रवाह भएको कर्जाको अंश ६२.७ प्रतिशत र व्यक्तिगत तथा घरपरिवार क्षेत्रतर्फ प्रवाह भएको कर्जाको अंश ३७.३ प्रतिशत रहेको छ। अघिल्लो वर्षको सोही अवधिमा यस्तो अंश क्रमशः ६४.१ प्रतिशत र ३५.९ प्रतिशत रहेको थियो ।

समीक्षा अवधिमा निजी क्षेत्रतर्फ प्रवाहित कर्जामध्ये वाणिज्य बैंकहरूको २.० प्रतिशत, विकास बैंकहरूको ०.८ प्रतिशत र वित्त कम्पनीहरूको कर्जा प्रवाह १.२ प्रतिशतले बढेको छ।

२०८२ मसिर मसान्तमा बैंक तथा वित्तीय संस्थाहरूको लगानीमा रहेको कर्जामध्ये चालु सम्पत्ति (कृषि तथा गैर कृषिजन्य वस्तु) को सुरक्षणमा १४.९ प्रतिशत रहेको छ भने घरजग्गा धितो सुरक्षणमा ६४.४ प्रतिशत रहेको छ । २०८१ मसिर मसान्तमा यस्तो धितोमा प्रवाहित कर्जाांको अंश क्रमशः १३.५ प्रतिशत र ६६.१ प्रतिशत रहेको थियो ।

निजी क्षेत्र तर्फको कर्जा
आर्थिक वर्ष २०८२/८३ को पाँच महिनामा बैंक तथा वित्तीय संस्थाहरूको लगानीमा रहेको कर्जामध्ये निर्माण क्षेत्रतर्फको कजां ५.२ प्रतिशत, उपभोग्य क्षेत्रतर्फको कर्जा ५.१ प्रतिशत, यातायात, सञ्चार तथा सार्वजनिक सेवा क्षेत्रतर्फको कर्जा ३.५ प्रतिशत, औद्योगिक उत्पादन क्षेत्रतर्फको कर्जा २.५ प्रतिशत र सेवा उद्योग क्षेत्रतर्फको कर्जा ०.४ प्रतिशतले वढेको छ भने कृषि क्षेत्रतर्फको कर्जा र वित्त विमा तथा अचल सम्पति क्षेत्रतर्फको कर्जा २.२ प्रतिशतले घटेको छ ।

समीक्षा अवधिमा बैंक तथा वित्तीय संस्थाहरूबाट प्रवाहित कजांमध्ये हायर पर्चेज कर्जा ६.१ प्रतिशत, मार्जिन प्रकृतिको कर्जा ५.७ प्रतिशत, रियल स्टेट कर्जा ( व्यक्तिगत आवासीय घर कर्जासमेत) ३.७ प्रतिशत क्यास क्रेडिट कर्जा २.६ प्रतिशत, आवधिक कर्जा १.२ प्रतिशत माग तथा अन्य चालु पुँजी कजां १.० प्रतिशत र आयात कर्जा ०.९ प्रतिशतले बढेको छ भने अधिविकर्ष कर्जा ५.४ प्रतिशतले घटेको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार