CLI

वाटर इनर्जीले आईपीओ जारी गर्ने, बिक्री प्रबन्धकमा हिमालयन क्यापिटल

काठमाडौं । वाटर इनर्जी सोलुसन लिमिटेडले सर्वसाधारणका लागि प्राथमिक शेयरको सार्वजनिक निष्काशन (आईपीओ) जारी गर्ने भएको छ । कम्पनीले साधारण शेयर सर्वसाधारणमा निष्काशन प्रकृयाका लागि हिमालयन क्यापिटल लिमिटेड लाई निष्काशन तथा बिक्री प्रबन्धक नियुक्ति गरेको छ ।

सो सम्बन्धमा वाटर इनर्जी सोलुसन लिमिटेड र निष्काशन तथा बिक्री प्रबन्धक हिमालयन क्यापिटल लिमिटेड बीच बिहीबार सम्झौता सम्पन्न भएको छ । सम्झौताअनुसार हिमालयन क्यापिटलले आईपीओ निष्काशनसँग सम्बन्धित सम्पूर्ण व्यवस्थापन तथा प्रक्रियागत कार्य सम्हाल्नेछ ।

कम्पनीले इलाम जिल्लामा ८.३ मेगावाट क्षमताको अप्पर देउमाइ खोला जलविद्युत आयोजना निर्माण गरिरहेको छ । आयोजना निर्माण सम्पन्न भएपछि उत्पादन हुने विद्युत राष्ट्रिय प्रसारण प्रणालीमा जोडिनेछ ।

आईपीओ निष्काशनबाट संकलित पूँजी आयोजनाको निर्माण कार्य सम्पन्न गर्न तथा कम्पनीको वित्तीय संरचना सुदृढ बनाउन उपयोग गरिने कम्पनीले जनाएको छ । आईपीओ निष्काशनको मिति, मूल्य र कित्ताको विवरण भने आवश्यक स्वीकृति पश्चात सार्वजनिक गरिने कम्पनीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार