CLI

रु रु जलविद्युत परियोजान लिमिटेडको २० औं वार्षिक साधारणसभा समपन्न

काठमाडौं । रु रु जलविद्युत परियोजान लिमिटेडको वार्षिक साधारण सभासम्पन्न भएको छ । कम्पनीको २० औँ वार्षिक साधारणसभा पुस २५ गते स्मार्ट प्यालेस, चावहिलमा सम्पन्न भएको हो ।

वार्षिक साधारण सभाले सञ्चालक समितिले प्रस्ताव गरे बमोजिम आ.व. २०८१÷०८२ अवधिको मुनाफा बाट चुक्ता पुँजीको १० प्रतिशत वोनस सेयर जारी गर्ने विशेष प्रस्ताव तथा ५.७८९ प्रतिशत नगद (कर प्रयोजनका लागि समेत ) वितरण गर्ने प्रस्ताव पारित गरेको छ । त्यस्तै सभाले चुक्ता पूँजीको १० प्रतिशत बोनस सेयर जारी गर्ने विशेष प्रस्ताव पारित गरे बमोजिम बोनस सेयर जारी गर्ने प्रयोजनका लागि कम्पनीको जारी तथा चुक्ता पुँजीलाई आवश्यकता अनुसार वृद्धि गरी प्रबन्ध पत्र तथा नियमावलीमा संशोधन गर्ने तथा कम्पनीको उद्देश्यमा थप गर्दै विशेष प्रस्ताव पारित गरेको छ ।

त्यस्तै कम्पनीको १९औं साधारण सभाले बोनस सेयर जारी गरे पश्चात कायम हुने चुक्ता पुँजीको१ः०.८ (एक सेयर बराबर शुन्य दशमलव आठ सेयर) अनुपातमा हकप्रद सेयरको सार्वजनीक निष्कासन गर्ने निर्णय गरेकोमा सोको स्वीकृतीका लागि नियमन आयोगमा आवश्यक कारबाही भइरहेको जानकारी सभालाई गराउदै यस सभाबाट सोही निर्णय र निवेदनलाई निरन्तरता दिने निर्णय पारित भएको छ । सभाले आगामी ४ वर्षका लागि कम्पनीको सञ्चालक समितिमा सेयरधनीहरु बाट प्रतिनिधित्व गर्ने १ (एक) जना महिला सहित ६ जना सञ्चालकहरु निर्विरोध निर्वाचित गरेको छ । स्वत्रन्त्र विशेषज्ञ सञ्चालकको नियुक्तिको अनुमोदन गर्दै ७ सदस्यीय सञ्चालक समितिको गठन गरेको छ । साथै सभा सम्पन्न भए पश्चात बसेको कम्पनीको नयाँ सञ्चालक समितिको प्रथम बैठकले आशिष सुवेदीलाई सञ्चालक समितिको अध्यक्ष चयन गरेको छ ।

सञ्चालक समिति 
आशिष सुवेदी अध्यक्ष
चन्द्र बहादुर पुन सञ्चालक
सागर पाठक सञ्चालक
सरिता शाक्य प्रधान सञ्चालक
अन्जन राज पौड्याल सञ्चालक
अविनाश सिलवाल सञ्चालक
गोविन्द चालिसे सञ्चालक (स्वतन्त्र विशेषज्ञ)

गुल्मि जिल्लाको चन्द्रकोट गाउँपालिका ( शान्तीपुर, रुपाकोट र हरेवा गा.वि.स.) मा अवस्थित यस परियोजनाको कुल क्षमता ५ मेगावाट रहेको छ । २०६२ साल चैत्रमा स्थापना भएको यस कम्पनीद्वारा प्रर्वद्धित माथिल्लो हुग्दी खोला जलविद्युत परियोजनाको व्यापारिक उत्पादन २०७१ साल चैत्र ९ गतेबाट शुरु भएको हो । कम्पनीको २० औं साधारण सभाले गरेका निर्णयमध्ये महत्वपुर्ण निर्णयहरु निम्न रहेका छन ।

Leave Your Comment

Related News