CLI

नेपाली कांग्रेसको विशेष महाधिवेशन आजदेखि शुरु

काठमाडौं । नेपाली कांग्रेसको विशेष महाधिवेशन आजदेखि सुरु हुने भएको छ । महामन्त्रीद्वय गगन थापा र विश्व प्रकाश शर्माले आयोजना गरेको विशेष महाधिवेशन आज (पुस २७ गते) आइतबारदेखि शुरु हुँदैछ ।

पार्टी सभापति शेरबहादुर देउवालाई हटाएर नयाँ नेतृत्व स्थापित गर्नको लागि दवाव दिइरहेका महामन्त्रीहरुको माग बमोजिम यही मंसिर भित्र हुनु पर्ने महाधिवेशन नगरि नेतृत्वको कार्यकाल केही महिना थपिएको थियो । त्यसबाट आक्रोसित भएका महामन्त्रीहरु सहितका इतर पक्षका नेताहरुले विशेष महाधिवेशनको आव्हान गरेका हुन् । विशेष महाधिवेशनबाट नेपाली कांग्रेस विभाजन हुन सक्ने आशंका भैरहेका बेला दुवै महामन्त्रीहरुले आफूहरुले ‘विष पिएर भए पनि पार्टी विभाजन हुन नदिने’ दावी गर्दै आइरहेका छन्।

साथै उनीहरुले विशेष महाधिवेशनबाट पार्टीलाई वृहतरुपमा रुपान्तरण गर्ने एजेण्डा पारित गर्ने र त्यसबाट पार्टी एकता झन सुदृढ हुने दावि गरिरहेका छन् । गत असोजमै ५४ प्रतिशत महाधिवेशन प्रतिनिधिहरुले विशेष महाधिवेशनको माग गर्दै निवेदन दिएको र पछिल्लो समयमा यही कित्तामा उभिनेहरुको संख्या बढिरहेकोले झण्डै २ तिहाई महाधिवेशन प्रतिनिधि सहभागि हुन सक्ने सम्भावना रहेको बताइएको छ ।

Leave Your Comment

Related News